२०८१ बैशाख २२ गते शनिबार
ट्रेन्डिङ

बैतडीको दशरथचन्दमा प्रमुख प्रशासकीय अधिकृत जगदीश जोशी हाजिर

SansherOnline SansherOnline
सोमबार १५, माघ २०८० ०२:५९
बैतडीको दशरथचन्दमा  प्रमुख प्रशासकीय अधिकृत जगदीश जोशी हाजिर

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जगदीश जोशी हाजिर भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएपछि उनी नगरपालिकामा हाजिर भएका हुन् । 

गृह मन्त्रालयमा कार्यरत जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको पुस १२ गते दशरथचन्द नगरपालिकामा खटाउने निर्णय गरेको थियो । जोशीले आजदेखि नगरपालिकामा कार्यभार सम्हालेको बताएका छन् । 

जोशीले यसअघि बैतडीको मेलौली नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् । उनले पञ्चेश्वर गाउँपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृत रुपमा काम गरिसकेका छन् ।

दशरथचन्द नगरपालिकामा रहँदा आफूले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । उनले भने ‘मैले बैतडीमा विगतमा पनि काम गरेको छु । दशरथचन्द नगरपालिकामा रहँदा आफूले सकेसम्म राम्रो काम गर्नेछु । यसमा सबैको सहयोग हुने आसा गरेको छु ।’

यसैबीच दशरथचन्द नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत जोशीलाई नगरपालिकामा स्वागत गरेको छ । एक कार्यक्रमको आयोजना गरेर जोशीलाई नगरपालिकामा स्वागत गरिएको हो । 
 

प्रतिक्रिया