२०८१ बैशाख २२ गते शनिबार
ट्रेन्डिङ

बैतडीको पुर्चौडी जिप दुर्घटना

SansherOnline SansherOnline
आइतबार १४, माघ २०८० ११:१६
बैतडीको पुर्चौडी जिप दुर्घटना

बैतडी : बैतडीमा  जिप दुर्घटना भएको  छ । जिल्लाको  पुर्चौडी नगरपालिका ८ लामुनिमा जिप दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय  बैतडीले  जनाएको  छ ।

नगरपालिकाको वडा नं १  हाटबाट किरानाको  सामान बोकेर  वडा नं  ८ लामुनि   आउँदै  गरेको सुप-प्र- ०१००१च२८५७ नम्बरको बोलेरो   जिप  आइतबार बिहान १० बजे दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नन्द राज जोशीले  जानकारी दिए । जिप दुर्घटना हुँदा चालक सामान्य घाइते  भएको  बताइएको  छ । दुर्घटनाको  कारण नखुलेको र  थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता जोशीले बताए ।

 प्रहरीका अनुसार जिपमा चालक मात्रै  सवार थिए । जिप सडकबाट ४ सय  मिटर तल खसेको बताइएको  छ ।

प्रतिक्रिया