२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीको मेलौलीमा वडा कार्यालय सहयोगी मृत फेला

SansherOnline SansherOnline
शुक्रबार १२, माघ २०८० ०५:३५
बैतडीको मेलौलीमा वडा कार्यालय सहयोगी मृत फेला

बैतडी : बैतडीको मेलौली नगरपालिका वडा नम्बर ८ मा कार्यरत कार्यालय सहयोगीको मृत्यु भएको छ । मैलाली(८ कोटिगाँउ बस्ने बिष्टको उपचारका लागि धनगढी जाने क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।

मेलौली नगरपालिका(०८ को हरडा खान धर्मशालाको उकालो बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए।

प्रेसर र सुगरका बिरामी बिष्ट बिहान ८ः२० बजे घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन। घरबाट दुई छोरीसगं आएका बिष्ट तिनजोना सडकमा बस रोक्न छोरीहरुलाई अगाडी पठाएका थिए। आफु बिस्तारै आउदै गरेका बिष्ट बाटोमा घोप्टिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।

अहिले मृतक बिष्टको शब मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमे मलौलीमा राखिएको छ। शबको पोष्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जोशीले बताए।

मृतक बिष्टलाई स्थानीय भिम भट्टले आफु मोटरसाईकलमा आउने बेला बाटोमा घोप्टीको अवस्थामा फेला पारेका थिए। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए। ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौली र जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरीको टोलि घटनास्थल पुगेको थियो।

प्रतिक्रिया