२०८१ बैशाख २२ गते शनिबार
ट्रेन्डिङ

डिलाशैनीमा पुन गाउँमै सामाजिक सुरक्षा भत्ता

SansherOnline SansherOnline
शुक्रबार १२, माघ २०८० १२:२१
डिलाशैनीमा पुन गाउँमै सामाजिक सुरक्षा भत्ता

बैतडी : बैतडी जिल्लाको डिलाशैनी गाउँपालिकाले पुन गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । स्थानीय तहले विगतका वर्षहरूमा पनि गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका थिए। यसबाट आर्थिक अनियमितताको कुरा उठ्यो। त्यसपछि गाउँपालिकाले बैंकबाट नै सामाजिक सुरक्षा भत्ता वितरण दिन थालियो।

डिलाशैनी  गाउँपालिका  पञ्जीकरण शाखा प्रमुख लोक राज जोशीले भने भत्ता लिन बैंकमा जाँदा निकै समस्या भएको गुनासो आयो। भौगोलिक विकटता, यातायात असुविधा, एकल महिला, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरूलाई पैदल हिँड्न पनि टाढा भएकाले समस्या भयो। त्यसैले बैकसँगको सहकार्यमा सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन  गाउँबाटै वितरण गर्न थालियो।

कुमारी बैंक र डिलासैनी गाउँपालिकाको सँयुक्त आयोजनामा माघ ५ गतेबाटे पुन वडा तथा गाउँगाउँ पुगेर सबै प्रकारको सामाजिक सुरक्षा भत्ता बैंङ्किङ प्रणाली मार्फत वितरण कार्य सुरु गरिएको पञ्जीकरण शाखा प्रमुख जोशीले जानकारी दए । 

 वडा नं  २ र  ३ मा  बाँकी रहेको  पञ्जीकरण शाखा प्रमुख जोशीले बताए । बाँकी रहेको वडा नं २ बाट पनि बिहीवारबाट सुरु गरिएको र वडा नं  ३ मा  माघ १४गते भत्ता वितरण हुने उनको  भनाइ छ ।  पालिकाले  गाउँघरमै  भत्ता वितरण गर्न थालेपछि सेवाग्रही खुसि भएका छन् । 

प्रतिक्रिया