२०८१ बैशाख २२ गते शनिबार
ट्रेन्डिङ

अर्जुन मावि गाँजरीको नयाँ नेतृत्वका लागि ११ जना चुनावी मैदानमा

SansherOnline SansherOnline
बिहिबार ११, माघ २०८० ०७:४१
अर्जुन मावि गाँजरीको नयाँ नेतृत्वका लागि  ११ जना चुनावी मैदानमा

गौरव चन्द-बैतडी : पटकपटकको सहमति प्रयास सफल नभएपछि अर्जुन माविले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छान्न चुनावी प्रतिस्पर्धा गर्दछ । व्यवस्थापन समितिका लागि ३ सय १७ अभिभावकको मतदाता सूची छ । एक सीटे अध्यक्ष पदका लागि ११ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।  

वि.सं २००६ सालमा स्थापित विद्यालयमा अध्यक्ष चयनका लागि चुनावी प्रक्रियामा जानु परेको विद्यालयका लागि पहिलो घटना हो । कक्षा १ देखि १२ सम्म पढाइ हुने विद्यालयमा ६ सय १४ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीका अभिभावक मतदाता हुने व्यवस्था छ ।

राम सिंह धामी , उद्धव सिंह धामी, राजेन्द्र प्रसाद जोशी, गणेश सिंह धामी, लक्ष्मी ढाँट माधबी बोहरा, उद्धव सिंह ढाँट जय सिंह धामी, पशुपति बोहरा, उद्धब चर्मकार,मन्धरा देवी धामी गरी ११ जना अध्यक्षको दाबेदारीका लागि मैदानमा उत्रिएका छन् । 

त्यस्तै अभिभावकहरुले चुनावी प्रक्रिया आफूलाई मन पर्ने उम्मेदार छान्ने अवसर भएता पनि खर्चिलो प्रणाली रहेको बताएका छन् । विद्यालयजस्तो संवेदशील ठाँउमा राजनीतिक हस्तक्षेप हुनु राम्रो नभएको  सिगास गाउँपालिका शिक्षा शाखा प्रमुख रमेश प्रसाद भट्ट बताउँछन् । उनले विद्यालय जस्तो ठाँउमा खर्चिलो प्रणालीको चुनाव गर्नुभन्दा सहमतिले राम्रो व्यक्ति छान्नु पर्ने बताए । 

प्रतिक्रिया