२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

बैतडीको अर्जुन माविको ७५ औँ वार्षिकोत्सव सम्पन्न

SansherOnline SansherOnline
बिहिबार ११, माघ २०८० ०८:२९
बैतडीको अर्जुन माविको ७५ औँ वार्षिकोत्सव  सम्पन्न

पुरूषोत्तम अवस्थी बैतडी : बैतडीको सिगास गाउँपालिका वार्ड नम्बर.२ स्थित अर्जुन मावि गाँजरीको ७५ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ बुधबार सम्पन्न भएको छ । वार्षिकोत्सव यहीँ माघ ७ गतेका दिन उद्घाटन भएको थियो ।

उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष हरि सिंह धामी प्रमुख अतिथि थिए भने माघ १० गते समापनका दिन वार्ड न. २ का अध्यक्ष ठगेन्द्र सिंह ऐर प्रमुख अतिथि रहेका थिए । त्यस्तै वार्षिकोत्सव समारोहमा सिगास गाउँपालिकाका शिक्षा अधिकृत रमेश प्रसाद भट्टको समेत उपस्थिति थियो ।

समारोहमा शिक्षक, विद्यार्थी र अभिभावक लगायतको सहभागी रहेको थियो । उक्त समारोहमा प्रधानाध्यापक रनवीर सिंह धामीले विद्यालयको भौतिक तथा शैक्षिक प्रतिवेदन समेत प्रस्तुत गरेको शिक्षक प्रधानाध्यापक धामीले जानकारी दिनु भयो ।

उक्त वार्षिकोत्सव समारोहमा विभिन्न विद्यालयहरुको समेत कार्यक्रममा उपस्थित रहेका थिए । समारोहमा भलिबल, हाजिरिजवाफ,गणित दौड लगायतका प्रतियोगिता रहेको प्रधानाध्यापक धामीले बताउनु भयो । त्यस्तै स्थानीय कला र सांस्कृतिको संरक्षण गर्ने उदेश्य सहित स्थानीय कार्यक्रमको पनि प्रस्तुति रहेको विद्यालयका प्राध्यापकले जानकारी दिए । वार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ट विद्यार्थी छात्रछात्राहरूलाई विभिन्न पुरस्कारहरु समेत वितरण गरिएको विद्यालयले जनाएको छ ।

वार्षिकोत्सवको अवसरमा वार्ड न. १ र २ का सहयोगी दाताहरूलाई दोसल्ला र प्रमाण-पत्र दिएर समेत सम्मान गरेको विद्यालयका प्रधानाध्यापक धामीले बताए । विद्यालयको स्थापना २००६ सालमा भएको हो थियो । 

प्रतिक्रिया