२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

शिवनाथ गाउँपालिका सुख्खा ग्रस्त क्षेत्र घोषणा

SansherOnline SansherOnline
बुधबार १०, माघ २०८० ०३:२४
शिवनाथ  गाउँपालिका सुख्खा ग्रस्त क्षेत्र घोषणा

बैतडी : बैतडीको शिवनाथमा पानीका मुहान सुक्न थालेपछि  सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको  छ । पानीका मुहान सुकेपछि  शिवनाथ गाउँपालिका सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

पालिका भित्रका खानेपानीका मुहान सुक्न   थालेपछि  गाउँसभाबाट सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको पालिकाका प्रवक्ता केशब चन्दले बताउनुभयो । 

पालिका भित्र रहेका खानेपानीका मुहान  सुकेका बताइएको छ ।  प्रदेश सरकार र पालिकाको  करिब ८० लाख बजेटबाट वडा नं  ५ मा निर्माण भैरहेको  खानेपानी योजनाको मुहान सुकेपछि अहिले झन समस्या भएको बताइएको  छ ।

स्थानीय सिमार लिफ्ट खानेपानी योजना निर्माण पूरा नहुँदै मुहानको पानी सुकेपछि आइतबार १२औँ गाउँ सभाबाट शिवनाथ गाउँपालिकालाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

पानी नहुँदा शिवनाथ गाउँपालिका भित्र समस्या सिर्जना भएको प्रवक्ता चन्दले  बताउनुभयो ।  सडक निर्माण र लामो खडेरीका कारण शिवनाथमा पानीका मुहानमा सुक्दै गएको सरोकारवालाको भनाइ छ ।

पानीका मुहान रिचार्ज गर्ने प्रयास गरिए पनि खडेरीका कारण सफल हुन नसकेपछि गाउँपालिकालाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो ।

यस्तै गाउँपालिकाले महाकालीको पानी  तान्ने पहल पनि गरिरहेको  जनाएको छ । पालिकामा भएका मुहान सुकेकाले अब महाकालीको पानी तान्न विस्तृत अध्ययन प्रतिवेदन भइरहेको पालिका प्रवक्ता चन्दको  भनाइ छ  । 

प्रतिक्रिया