२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

राजनीतिक द्वन्द्व र प्रतिस्पर्धा माओवादी केन्द्र र प्रचण्ड सँग होइन प्रतिस्पर्धा ओली र एमालेसँग हो : नेता पौडेल

SansherOnline SansherOnline
बिहिबार २२, बैशाख २०७९ ०५:१२
राजनीतिक द्वन्द्व र प्रतिस्पर्धा माओवादी केन्द्र र प्रचण्ड सँग होइन प्रतिस्पर्धा ओली र एमालेसँग हो  : नेता पौडेल

बैतडी । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले कांग्रेसको प्रतिस्पर्धा माओवादी केन्द्र र पुष्पकमल दाहालसँग नभइ एमाले र केपी शर्मा ओलीसँग भएको बताएका छन् ।

त्यसैले यो कुरा बुझेर अघि बढ्न चिनवनका विद्रोही नेताहरुलाई उनले आग्रह गरे । चितवनमा पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो आग्रह गरेका हुन् । 

जनताबाट चुनिएका नेताबाटै निर्वाचित नेताबाटै लोकतन्त्र खतरा छ भन्ने कुरा केपी ओलीले पुष्टि गरेको पौडेलले बताए । जगन्नथाजीहरू इमोसन र भावावेशमा आउनु भएको जस्तो लाग्यो । साथीहरु सबैभन्दा पहिले सोच्नुहोस् अहिले नेपालमा जुन राजनीतिक द्वन्द्व र प्रतिस्पर्धा छ त्यो माओवादी केन्द्र र प्रचण्ड होइन हाम्रो प्रतिस्पर्धा ओली र एमालेसँग हो पौडेलले भने ।

पछि मिलेर नै सरकार बनाउने हो भने किन अहिले स्थानीय तहमा नमिल्ने भनेर हामी अहिले सँगै हिड्न खोजेको उनले बताए ।

प्रतिक्रिया