२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

दार्चुलामा यात्रुबाहक बस दुर्घटना

SansherOnline SansherOnline
शुक्रबार ०५, माघ २०८० ०८:४७
दार्चुलामा यात्रुबाहक बस दुर्घटना

बैतडी : दार्चुलामा यात्रुबाहक बस दुर्घटना भएको छ । दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका-५ स्थित डम्पिङ साइड नजिकै आज बिहान ६ बजेतिर दुर्घटना भएको हो ।

बस दुर्घटनामा १५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । घाइते मध्ये १ जना गम्भीर, २ जना मध्यम र अरुको सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

बस सडकबाट करिब २० मिटर तल खसेको थियो । बसमा जम्मा १५ जना सवार रहेको जनाएको छ। दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया