२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

बुड्ढाबाजे खेलमैदानमा महिला क्रिकेट प्रतियोगीता आजबाट सुरु

SansherOnline SansherOnline
बिहिबार ०४, माघ २०८० ०६:०२
बुड्ढाबाजे खेलमैदानमा महिला क्रिकेट प्रतियोगीता आजबाट सुरु

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका १० खडेनी स्थित पञ्चकोटी युवा क्लव द्वारा आयोजीत महिला क्रिकेट प्रतियोगीता आजबाट सुरु भएको छ । प्रतियोगीताको बिहिबार नेपाल क्रिकेट संघ ९क्यान० का अध्यक्ष चतुर बहादुर चन्दले एक समारोहका बिच प्रतियोगिताको उद्घाटन गरेका हुन् । 

बुढाबाजे खेल मैदानमा आयोजीत प्रतियोगीतामा ७ टीमहरु सहभागी रहेका छन् । लिग चरणका खेलाइने प्रतियोगीताको पहिलो दिन सम्पन्न भएको खेलमा दशरथचन्द नगरपालिका वडा न. ८ ले विजय सुरुवात गरेको छ । वडा न. ४ र ८ बीच भएको खेलमा वडा न. ८ ले १०२ रन बनाएको थियो । जवाफी व्याटीङमा उत्रेको वडा न. ४ ले १५ ओभरमा ३ विकेट गुमाउदैँ जम्मा ६० रन मात्रै बनाउन सक्यो । यस खेलमा जानवी मौनी म्यान अफ द म्याच घोषीत भएको आयोजकले जनाएको छ ।

उद्घाटन समारोहको सम्बोधन गर्दै क्यानका अध्यक्ष चन्दले खेल क्षेत्रका नाममा अनुचित ठाउँमा लगानी नगर्न स्थानियतहहरुलाई सुझाव दिएकाछन् । उनले स्थानीय तहले खेल प्रतियोगीताहरु आयोजना गरेपनि अनुचित ठाउँमा बढी लगानी गरिरहेको बताउनुभयो । उहाले भन्नुभयो ,‘अहिले राष्ट्रपती रनिङ सिल्ड, मेयर कप लगायत विभिन्न प्रतियोगीता गरिरहेको देखिन्छ तर अन्धाधुन्द रुपले कार्यकर्ताहरुलाई ड्रेस बितरण गरिएको छ । देहिमाण्डौँमा खेल हुदाँ १ सय २५ जनालाई ड्रेस वितरण गरिएको छ, यो अनावश्यक लागानी हो, सबै पाट्रीका कार्यकर्ताले पाए होलान्, तर हामीले राष्ट्रिय स्तरको प्रतियोगीता गर्दा पनि बढीमा १ दर्जन व्याक्तिलाई ड्रेस बाडिन्छ । खेल मैदान निर्माणका नाममा लाखौँ करोडौँ रकम खर्च गरेपनि उचित मैदानमा लगानी भएको छैन् । पालिकाहरु कसैका कुरा सुन्दैनन्, उचित किसिममा सल्लाहरु मान्दैनन् ।’ 


 उहाले जिल्लाको बुढाबाजे खेल मैदान निर्माण गर्नुपर्ने देखिएकाले यसतर्फ लगानी लगाउन दशरथचन्द नगरपालिकालाई सुझाव दिए । कार्यक्रममा उपस्थीत दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले खेल क्षेत्रमा उचित लगानी गर्न प्रतिवद्ध रहेको बताउनुभयो । 

उद्घाटन समारोहमा सहभागी जिल्ला क्रिकेट संघ बैतडीका अध्यक्ष बिनोद बहादुर चन्दले खेल क्षेत्रलाई बिथोल्न विभिन्न प्रयासहरु हुने गरेकाले त्यस्तो नगर्न आग्रह गरेका छन् ।  
 
पञ्चकोटी युवा क्लवका अध्यक्ष दिनेश चन्दले बुढाबाजे खेल मैदान निर्माणका ध्यान दिन सरोकारवाला निकायमा आग्रह गरे । खेल मैदानका लागि स्थानीयबासीले पर्याप्त जग्गा दान गरेपनि उचित ठाउँमा लगानी नहुदाँ मैदान निर्माण हुन नसकेको बताउनुभयो । 

क्लवको वार्षिकोत्सव समारोहको अवसरमा आयोजना गरिएको क्रिकेट प्रतियोगीतामा प्रथम पुरुस्कार ३० हजार तथा द्धितीय पुरुस्कार १५ हजार रकमका साथमा मेडल प्रमापत्र राखिएको छ । सहित सप्ताहलाई समेत मध्यनजर गर्दै सञ्चालन भएको प्रतियोगीता १ हप्तासम्म सञ्चालन हुनेछ । 

प्रतिक्रिया