२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

बैतडीको शाहिलेकमा कपडा बैँक सञ्चालन

SansherOnline SansherOnline
सोमबार ०१, माघ २०८० ०६:३८
बैतडीको शाहिलेकमा कपडा बैँक सञ्चालन

बैतडी : बैतडीको शाहिलेकमा कपडा बैँक सञ्चालन भएको छ । शोमबार कपडा बैँकको उद्घाटन गरेसंगै सञ्चालन भएकाे युवा समाजसेवी महेश दत्त भट्टले बताए ।


हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर अभियानमा सहभागीता जनाऔ भने उदेश्यसहित अनाथ तथा असहाय बालबालिकाहरुलाई न्यानो लुगा दिएर शुभारम्भ  गरिएकाे भट्टले बताए ।    नगरप्रमुख पुष्कर राज जोशी (लख्खाभाइ)ले एक औपचारीक कार्यक्रमका बिच उद्घाटन गरेको हो ।

आईतबारदेखी नै कपडा बैंकका लागि कपडा संकलन सुरु भएको उनले बताए । महेश दत्त  भट्ट, हेमबाबु लेखक, मोहित भण्डारी र विवेकान्द पाण्डेयले मिलेर कपडा बैँक सञ्चालन  गरेका हुन्र ।  बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउन मद्धत विश्वास लिएको छ ।

प्रतिक्रिया