२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

शिवनाथमा पानी ट्यांकर दुर्घटना हुँदा चालक घाइते

SansherOnline SansherOnline
शुक्रबार २७, पुष २०८० ०९:०५
शिवनाथमा पानी ट्यांकर दुर्घटना हुँदा चालक घाइते

बैतडी : बैतडीको शिवनाथ गाउँपालिका-५ मा पानी बोक्ने ट्याङ्कर दुर्घटनामा परेको छ । शुक्रबार साझ मेलौलीबाट सुल्लेखान तर्फ गइरहेको  से १ क ८२२ नम्बरको पानी ट्याङ्कर  शिवनाथ-५को हड्केचौरमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी बझाङको छबिस पाथिभरा गाउँपालिका घर भएका ट्याङ्कर चालक २३ वर्षका सुरेश बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।

ट्याङ्कर  सडकबाट करिब अढाइसय मिटर तल खसेको छ  । ट्याङ्करमा चालकमात्रै रहेको बताइएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।    

प्रतिक्रिया