२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

बैतडीको पाटन र कोरियन संस्थाबीच सम्झौता

SansherOnline SansherOnline
शुक्रबार २७, पुष २०८० ०७:११
बैतडीको पाटन र कोरियन संस्थाबीच सम्झौता

बैतडी : बैतडीको पाटन नगरपालिका र कोरियन संस्थाहरुबीच आपसी समजदारी कायम भएको छ । कोसा कम्पनी लिमिटेडबीच भएको सम्झौता अनुसार पाटन नगरपालिकाले विद्यार्थीहरुलाई कोरिया पठाउने भएको हो ।  

यस्तै डोङबाङ डिएस सिस्टम प्रा.लि.बीच कामदार साटासाटको लागि आपसी समजदारी भएको छ । सम्झौतामा पाटन नगरपालिकाका तर्फबाट नगरउप प्रमुख कमल सिंह बाहराले हस्ताक्षर गरेका हुन ।  

कोरियन भाषा शिक्षा र कोरियामा अध्ययन गर्नका लागि पाटन नगरपालिकाका विद्यार्थीहरूलाई सहयोग पु¥याउनको लागि सम्झौतता गरिएको पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बाहराले बताए  । 

 मौसमीरुपमा काम गर्ने कामदारहरुले कोरियाको कृषि क्षेत्रमा काम गर्ने अवसर प्रदान गर्ने कार्यक्रम रहेको र अन्तराष्ट्रिय मापदण्ड र सुरक्षाको प्रत्याभूतिसहित कामको अवसर प्रदान गरिने संस्थाबीच सम्झौता गरिएको नगर उपप्रमुख बोहराले जानकारी दिए ।  यो कार्यक्रम एक वर्षसम्म लागु हुने बताइएको छ ।

प्रतिक्रिया