२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

भिरबाट लडेर बैतडीको डिलासैनीमा एक महिला गम्भिर घाइते

SansherOnline SansherOnline
शुक्रबार २७, पुष २०८० ०१:३०
भिरबाट लडेर बैतडीको  डिलासैनीमा एक महिला गम्भिर घाइते

बैतडी : बैतडीको डिलासैनी गाउँपालिकामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिला गम्भिर घाइते भएकी छन् । वडा नं २ छेपट्टाकी ४५ वर्षीया जानकी घरडी भिरबाट लडेर घाइते भएकी हुन् । 

आज दिउँसो पौने १ बजेको समयमा घाँस काट्ने क्रममा स्थानीय जोगने भिरबाट लडेर गम्भिर घाइते भएकी घरडीलाई स्थानीयले उद्धार गरिरहेका छन् । 

उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स प्रवन्ध मिलाएको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए । 

गम्भिर घाइते भएकी  घरडी गम्भिर घाइते भएको र थप उपचारको लागि हेलीकप्टरका व्यवस्थापनको लागि पनि पहल भइरहेको  गाउँपालिका अध्यक्ष जोशीले जानकारी बताए । 

प्रतिक्रिया