२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा एनआरवाइसी टि १० क्रिकेट शुरू

SansherOnline SansherOnline
बिहिबार २६, पुष २०८० ०८:३९
बैतडीमा एनआरवाइसी टि १० क्रिकेट शुरू

बैतडी : बैतडीमा आजदेखि १६ औ संस्करणको एनआरवाइसी कप टि १० क्रिकेट प्रतियोगिता शुरू भएको छ। नागार्जुन रणशैनी युवा क्लब,बठ्ठाको आयोजनामा बगलेखान माविको मैदानमा प्रतियोगिता शुरू भएको हो।

प्रतियोगिताको उद्घाटन बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले गर्नुभएको आयोजक नागार्जुन रणशैनी युवा क्लबका वरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिनुभयो।यस्तै उद्घाटन समारोहमा दशरथचन्द नगरपालिका ११ का वडाध्यक्ष जयदत्त पन्त,क्लबका अध्यक्ष तारा महरलगायतको उपस्थिति रहेको थियोे ।

उद्घाटनपश्चात् आज ३ खेल सम्पन्न भएका छन्। पहिलो खेलमा एनआरवाइसी ए टिमले मावि बगलेखानलाई ९ विकेटले हरायो । दोस्रोमा पञ्चकोटी युवा क्लव र तेस्रोमा सिद्धकेदार ग्वाल्लेक विजयी भएको छ।

१३ टोली सहभागी प्रतियोगिताका खेलहरू ४ समूहमा विभाजन गरि भइरहेका छन्। माघ १ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले २५ हजार,ट्रफि मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै उपविजेताले १५ हजार ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछ ]।

यसका साथै म्यान अफ दि सिरिजलाई ५ हजार ५ सय,बेस्ट बलर,बेस्ट ब्याटर, बेस्ट फिल्डर,बेस्ट किपर र प्रत्येक खेलका म्यान अफ दम्याचलाई पनि पुरूस्कारको व्यवस्था गरिएको छ।

एनआरवाइसी कप क्रिकेट प्रतियोगिता विगत १५ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको क्लबका प्रवक्ता महेश चन्दले बताउनुभयो। प्रतियोगिताले क्रिकेटको विकास हुने विश्वास रहेको आयोजक नागार्जुन रणशैनी युवा क्लबले जनाएको छ।

प्रतिक्रिया