२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

खानेपानी कार्यालय बैतडीले दुई जिल्लामा ढाई सय बढि खानेपानी योजना निर्माण गर्दै

SansherOnline SansherOnline
बुधबार २५, पुष २०८० ०८:३३
खानेपानी कार्यालय बैतडीले दुई जिल्लामा ढाई सय बढि खानेपानी योजना निर्माण गर्दै

बैतडी : खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नं १ ले चालु आर्थिक वर्षमा ढाई सय बढि खानेपानीका योजना निर्माण गर्दै छ ।

बैतडी र दार्चुला दुई जिल्ला कार्यक्षत्र भएको कार्यालयले दुईटै जिल्लामा चालु आर्थिक वर्षमा २६६ खानेपानीका योजना निर्माण गर्न लागेको हो ।

संघ र प्रदेसबाट बजेट विनियोजित भई आएका यि योजनाहरुको सम्झौताको काम भइरहेको छ । केहि योजनामा भने काम पनि संचालन भइसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नं १ बैतडीका कम्युटर अपरेटर उत्तम भट्टले बताउनु भयो ।

प्रदेसबाट २०८ योजना निर्माणको लागि बजेट आएको छ भने संघ बाट ५८ खनेपानी योजना निर्माणको लागि बजेट आएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका प्रमुख गोविन्द देवकोटाले बताउनु भयो ।

संघ र प्रदेस बाट चालु आर्थिक वर्षमा पूजीगत तर्फ ३२ करोड ९४ लाख ५० हजार बजेट आएको छ भने चालु तर्फ २ करोड १४ लाख बजेट आएको छ ।

जसमध्ये दोस्रो त्रैमासिक सम्म पूजीगत ४ करोड ४६ लाख २ हजार ८७४ रुपयाँ खर्च गरिएको छ भने चालुतर्फको ८ लाख ६७ हजार ९४८ रुपयाँ खर्च गरिएको छ । 

 

प्रतिक्रिया