२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

युएईमा ज्यान गुमाएको भनिएका पुर्चौडीका जगदीश महरा अस्पतालमा जीवितै

SansherOnline SansherOnline
मङ्गलबार २४, पुष २०८० ०७:१९
युएईमा ज्यान गुमाएको भनिएका पुर्चौडीका जगदीश महरा अस्पतालमा जीवितै

बैतडी : गाडी दुर्घटनामा परी खाडी मुलुक दुबई (युएई) मा ज्यान गुमाएका भनिएका पुर्चौडी नगरपालिका वडा नम्बर १०, विजयपुरस्थित महरा गाउँका २३ वर्षीय जगदीश महरा अस्पतालमा उपचाररत रहेको पाइएको छ । रोजगारीको सिलसिलामा एक महिना अगाडि मात्रै उनी सयुक्त अरब इमिरेट्स (युएई ) गएको पारिवारिक श्रोतले बताएको छ ।

आइतबार मात्रै उनी गाडी दुर्घटनामा परी घाइते भएको र अहिले अस्पतालमा उपचाररत रहेको स्थानीय रामबहादुर महराले बताउनुभयो । केही दिन अगाडि जगदीशको गाडी दुर्घटनामा मृत्यु भएको खबर आएपछि सञ्चारमाध्यमहरुमा समेत मृत्युको खबर प्रकाशन, प्रसारण भएको थियो । जगदीशका आफन्त रामबहादुर महराका अनुसार केही दिन पहिले गाडी दुर्घटना हुँदा सिराहाका एक पुरुष र उनि घाइते भएका रहेछन् । घाइते दुबैलाई छुट्टाछुट्टै गाडीमा प्रहरीले लगेको रहेछ । जगदीशको खुट्टामा चोट रहेकोले अस्पताल भर्ना गरेछ भने सिराहाका पुरुष रिहा भएछन तर जगदीशको मृत्यु भएको र शव पोष्टमार्टमका लागि अस्पताल लगिएको झुटो हल्ला फैलाइएको रहेछ् । जगदीशले काम गर्ने कम्पनीमा आफन्त अरु कोही रहेनछन, अर्को कम्पनीमा काम गर्ने उनका आफन्तले शव नेपाल पठाउने विषयमा के भइरहेको छ भनेर बुझ्न जाँदा जगदीश अस्पतालमा जीवितै भेटिएका हुन् ।

जगदीश जीवितै रहेको खबर पाएपछि शोकसन्तब्ध बनेको परिवारमा खुसीयाली छाएको छ । शव पुगेपछि क्रिया जगाउने सम्मका कुरा चलिरहेको बेला जगदीश सकुशल रहेको खबर पाएपछि गाउँघरमा खुसीयाली छाएको आफन्तहरुले बताएका छन् । विदेशबाट झुटो समाचार तथा खबर फैलाएको कारण परिवारमा सन्नटा छाएको बेला जगदीश सकुशल रहेको खबरले खुसी फर्काएको हो ।

प्रतिक्रिया