२०८१ बैशाख २८ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा रनिङ सिल्ड खेल्न गएका विद्यार्थीमाथि धारिलो हतियार प्रहार

SansherOnline SansherOnline
मङ्गलबार २४, पुष २०८० ०१:३८
बैतडीमा रनिङ सिल्ड खेल्न गएका विद्यार्थीमाथि धारिलो हतियार प्रहार

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुन गएका एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको छ ।दोगडाकेदारको पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा सोमबार राति केदार मावि, पीपलकोटका विद्यार्थी विशाल कार्कीमाथि धारिलो हतियार प्रहार भएको हो ।

हतियार प्रहारबाट घाइते भएका १७ वर्षीय कार्कीको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएका छ । सोमबार साँझ पौने सात बजे उक्त घटना भएको र त्यसलगत्तै प्रहरी परिचालन गरेर घटनामा संलग्न भएका ६ जनालाई पक्राउ गरिएको बैतडीका निमित्त प्रहरी प्रमुख नन्दराज जोशीले जानकारी दिए । 

‘छिमेकी पालिका डिलाशैनीबाट खेल हेर्न आएका केही युवाले खेलाडीमाथि सोमबार साँझ आक्रमण गरेको खबर आएको थियो । 

पक्राउ गरिएकाहरूलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । स्थानीयका अनुसार राष्ट्रपति रनिङ सिल्डमा सहभागी एक छात्राबारे दुई समूहबीच विवाद भएको थियो । 

सोमबारको खेल सकिएलगत्तै विद्यार्थीको समूह र खेल हेर्न आएका युवाबीच मञ्चको पछाडि झडप भएको स्थानीय वीरेन्द्र कार्कीले बताए । त्यसपछि चमेलियाको पुलपारि दुवै समूहबीच पुनः झगडा हुँदा विद्यार्थी घाइते भएका हुन् ।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले रातिको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए । उनले मंगलबार बिहानैदेखि खेल नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिए । 

प्रतिक्रिया