२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

सुदूरपश्चिम बाट राष्ट्रिय सभाका लागि बैतडीकी रेनु चन्द

SansherOnline SansherOnline
आइतबार २२, पुष २०८० ०८:१०
सुदूरपश्चिम बाट राष्ट्रिय सभाका लागि बैतडीकी रेनु चन्द

काठमाण्डौँ : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यका उम्मेदवारको टुंगो लगाएको छ । आइतबार बसेको माओवादी पदाधिकारी बैठकले सुदूरपश्चिम प्रदेशबाट रेनु चन्दलाई उम्मेदवार बनाएको छ ।

 यस्तै कोशी प्रदेशमा चम्पा कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णाली प्रदेशमा विष्णु विकको नाम टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले बताए ।

१९ सिटका लागि माघ ११ गते हुने निर्वाचनमा गठबन्धनबाट माओवादीले ६ सिट पाएको थियो । राष्ट्रियसभा निर्वाचनको भोलि (सोमबार) उम्मेदवारी दर्ता हुँदै छ ।

प्रतिक्रिया