२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

कांग्रेस बैतडीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग बैठक गर्न

SansherOnline SansherOnline
शनिबार ०९, मङि्सर २०८० ०९:३१
कांग्रेस बैतडीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग बैठक गर्न

बैतडी : नेपाली कांग्रेस बैतडीले जिल्लामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग बैठक गर्ने भएको छ । पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल गर्ने उद्देश्यसहित बैठक डाँकिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । 

यही मंसिर १४ गतेका दिन नेपाली कांग्रेसको तर्फबाट जिल्ला समन्वय समितिमा निर्वाचित प्रमुख तथा सदस्यहरु, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र वडा अध्यक्षहरुको संयुक्त बैठक बोलाइएको सचिव चन्दले बताए । 

यस्तै निर्वाचित प्रतिनिधिहरुसंगै पार्टीका पदाधिकारीहरुको समेत संयुक्त बैठक बस्ने सचिव चन्दले बताए । बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, प्रदेश सभाका क्षेत्रीय सभापति र १० ओटै पालिकाका सभापतिहरुलाई समेत बैठकमा आमन्त्रण गरिएको छ । 

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले नागरिकका लागि गरिरहेका काम र आगामी दिनमा गर्नुपर्ने कार्यको समीक्षा गर्ने उद्देश्यसहित संयुक्त बैठकको आयोजना गरिएको नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्र चन्दले बताए । 

यस्तै जनप्रतिनिधि र महाधिवेशन प्रतिनिधिहरुसंग छुट्टाछुट्टै बैठकको समेत आयोजना गरिने उनले बताए । 

प्रतिक्रिया