२०८१ बैशाख २६ गते बुधबार
ट्रेन्डिङ

जिल्ला प्रशासन बैतडीमा दसैँपछि सेवाग्राहीको भीड

SansherOnline SansherOnline
सोमबार १३, कार्तिक २०८० ०५:५२
जिल्ला प्रशासन बैतडीमा दसैँपछि सेवाग्राहीको भीड

बैतडी  : हिन्दूहरुको महानचाड दसैँ सकिएसँगै जिल्ला प्रशासन कार्यालय बैतडीमा सेवाग्राहीको भीड बढेको छ । नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी बनाउने लगायत प्राशासनिक कामका लागि सेवाग्राहीको भीड लाग्न थालेको हो । 

बिहानैदेखि सेवाग्राही लाइनमा बसेर पालो कुरिरहेको देख्न सकिन्छ । लामो समयदेखि रोजगारीको सिलसिलामा भारत गएका र धनगढी काठमाडौँ लगायत विभिन्न ठाउँमा अध्यनका लागि गएका विद्यार्थी दसैँ र तिहार मनाउन घर फर्केसँगैै विभिन्न कामको लागि जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको भीड लाग्न थालेको जिल्ला प्रशासन बैतडीका सूचना अधिकारी शंकर बहादुर बोहराले बताए । दसैँ अघि सेवा लिनेको सङ्ख्या भन्दा अहिले सेवाग्राहीको सङ्ख्या बढेको सूचना अधिकारी बहादुर बोहराले भनाइ थियो । 

कर्मचारीको अभावमा समेत जिल्ला प्रशासन कार्यालयले टाढा टाढाबाट आएका नागरिकलाई निकै सहज रुपले सेवा प्रदान गरेको छ । 

प्रतिक्रिया