२०८१ बैशाख २६ गते बुधबार
ट्रेन्डिङ

पञ्चेश्वर बलात्कारकाण्ड : घरै बोलाएर करणी, कुकर्म गर्ने केटा पक्राउ

SansherOnline SansherOnline
सोमबार १३, कार्तिक २०८० ०१:४२
पञ्चेश्वर बलात्कारकाण्ड :  घरै बोलाएर करणी, कुकर्म गर्ने  केटा पक्राउ

बैतडी : पञ्चेश्वरमा १८ बर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक कुकर्म गर्ने किशोर पक्राउ परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ की १८ बर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका १८ बर्षीय किशोर पक्राउ परेका हुन्।

ती किशोरले किशोरीलाई असार २७ र भदौ २३ गते राति घरमै बोलाएर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। आइतबार पक्राउ परेका किशोर माथि अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया