२०८१ बैशाख २६ गते बुधबार
ट्रेन्डिङ

बैतडीमा गाज्जो काट्नेहरुको चटारो

SansherOnline SansherOnline
शनिबार ११, कार्तिक २०८० ०६:४४
बैतडीमा गाज्जो काट्नेहरुको चटारो

बैतडीः बैतडीमा गाज्जो काट्ने चटारो परेको छ । यो समयमा भिरपाखामा महिलाहरुको खर काट्ने चटारो बढेको हो ।

धान, मकै, दाल भित्र्याइसकेपछि हाल गाज्जो काट्ने चटारो बढेको सिगास गाउँपालिका ७ का वीर बहादुर ऐरले बताउनुभयो । यो समयमा स्थानियहरु फाग्लामा गाज्जो (खर) काट्न प्रतिस्पर्धाका साथ काम गरिरहेको उहाँको भनाइ छ ।

यसैगरी गाज्जो काट्नका लागि यो समयमा बिहानको समयमा खाइ नखाइ दिउँसोको समयमा भ्याइ नभ्याई धौ धौ परेको सिगास गाउँपालिका वडा नं. ७ का स्थानीय पार्वती साउदले बताउनुभयो । अहिले काटेर राखेको गाज्जोलाई हिउँदमा गाईभैसीलाई खुवाउन सहज हुने उहाँले बताउनुभयो ।

हिउँदमा गाई वस्तुहरुलाई खुवाउनका लागि खर काटेर थुपार्ने चलन अनुसार खर काट्ने चटारो बढेको सिगास – ४ की अञ्जली धामीले बताइन । उहाँका अनुसार असोज पहिलो सातादेखि नै खर काट्ने क्रम शुरु भएपनि अझै पनि जारी रहेको छ। महिलाहरुले हिउँदमा वस्तुभाउलाई खुवाउनका लागि असोज कार्तिकमा खर काटेर थुप्रो बनाउने गरेका छन ।

खरको कुन्यु थुप्रो बनाइ हिउँदको समयमा गाईवस्तुलाई खुवाउने गरिन्छ । गाउँघरमा तिहारको रौनक सँगै खर काट्ने चटारो समेत बढेको छ । यो समय अधिकांश भूभागमा खर काट्ने चटारो बढेको छ ‌‌।

प्रतिक्रिया