२०८१ बैशाख २६ गते बुधबार
ट्रेन्डिङ

दशैँ सुरक्षा : बैतडीमा १६७ सवारी साधन माथि कारबाही ८८ हजार राजस्व संकलन

SansherOnline SansherOnline
शनिबार ११, कार्तिक २०८० ०४:३५
दशैँ सुरक्षा : बैतडीमा १६७ सवारी साधन माथि कारबाही ८८ हजार राजस्व संकलन

बैतडी : बैतडीमा यसपालिको दशैँमा तुलनात्मक रुपमा कम घटना भएका छन् । दशैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना नभएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ । 

आजसम्म केही छिटपुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती तथा दुर्घटना नभएका कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार शान्ति सुरक्षाका हिसाबले यसपालिको दशैँ सौहार्दपूर्ण रुपमा सकिएको छ ।  

दशैँको अवधिमा जिल्ला ट्राफिक प्रहरीले १६७ सवारी साधन माथि कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका ट्राफिक प्रहरी प्रमुख तेज रावलले बताए ।

घटस्थापना देखि आजसम्म ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई  कारबाही गरेर ८८ हजार   राजस्व समेत संकलन गरिएको ट्राफिक प्रमुख रावलले जानकारी दिनुभयो ।

सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  

प्रतिक्रिया