२०८१ बैशाख २७ गते बिहिबार
ट्रेन्डिङ

बैतडीका किसानलाई गहुँ छर्ने चटारो

SansherOnline SansherOnline
शनिबार ११, कार्तिक २०८० ०९:१५
बैतडीका किसानलाई गहुँ छर्ने चटारो

बैतडी : किसानहरु गहुँ छर्ने काममा व्यस्त भएका छन् । दशैँ सकिएलगत्तै गहुँ छर्ने काममा व्यस्त भयका  हुन । मंसिर तेस्रो सातासम्म गहुँ छरिने भएकाले किसान गहुँ छर्ने काममा व्यस्त हुन थालेको कृषि ज्ञान केन्द्र बैतडीका कार्यालय प्रमुख घनश्याम चौधरीले बताए । 

बैतडीमा २१ हजार ९ सय हेक्टर जमीनमा गहुँ खेती हुँदै आएकोमा पछिल्लो समयमा गहुँखेती गर्ने किसानको संख्या कम हुँदै गएको कार्यालय प्रमुख चौधरीको भनाइ छ। सिँचाइको अभाव, जंगली जनावरको प्रकोपलगायतले किसानले गहुँखेती लगाउन छोडेका उनले बताए । 

लेकाली क्षेत्रमा पछि चिसो बढ्ने भएकाले कार्तिक पहिलो सातादेखि नै गहुँ छर्ने गरिएको सिगास गाउँपालिका-९का बलदेव महराका ले बताए । गहुँ छर्ने कार्य शुरु भएको र लेकाली क्षेत्रमा लगभग गहुँ छर्ने कार्य सकिन लागेको उनले बताए ।  

मुख्य खाद्यबालीको रुपमा रहेको गहुँ छर्नका लागि खेत खनजोत गरेर तयार पार्नुपर्ने सिगास गाउँपालिकाका कृषि अधिकृत रमेश सिंह साउदले बताए । प्रशस्त मात्रामा प्रांगारिक मलको प्रयोग गरेमा गहुँ खेती राम्रो हुने कृषि प्राविधिकहरुले बताएका छन् ।   

 

प्रतिक्रिया