२०८१ बैशाख २७ गते बिहिबार
ट्रेन्डिङ

विभिन्न कार्यक्रम गरि बैतडीमा पनि मनाइयो बाल दिवस

SansherOnline SansherOnline
शुक्रबार २९, भदौ २०८० ०९:०४
विभिन्न कार्यक्रम गरि बैतडीमा पनि मनाइयो बाल दिवस

बैतडी : ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी बैतडी जिल्लाका विभिन्न ठाउँमा पनि मनाइएको छ । स्थानीयत तह, विभिन्न संघ, संस्था र  विद्यालयहरुले आज राष्ट्रिय  बाल दिवस  मनाएका हुन् । 

विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ साल यता भदौ २९ गतेका दिन यो दिवस मनाउन थालिएको हाे ।

नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ 

राष्ट्रिय बाल दिवस दशरथचन्द नगरपालिकामा वादविवाद प्रतियोगिता गरेर मनाईको वडा न.६ वडा अध्यक्ष महेन्द्र सिंह कार्कीले जानकारी दिए । विद्यालयहरुले पनि  राष्ट्रिय बाल दिवस मनाएका छन् । 

यस्तै जिल्लाको पाटन नगरपालिकाले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको थियो नगरस्तरिय हाजिरीजवाफ प्रतियोगितामा गुजर माविले १५ अंकका साथ प्रथम स्थान हात परेकाे विष्ना भण्डारी बिष्टले बताईन् । 

 सिगास ६ काँडामा रहेको महादेव माध्यमिक विद्यालयले भव्यताका साथ बालदिवस कार्यक्रम सम्पन्न गरेको छ । बालदिवस कार्यक्रममा विद्यालयले अन्तर सदनात्मक वक्तृत्वकला प्रतियोगिता र नृत्य प्रतियोगिताको आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मोहन सिंह ऐरले जानकारी दिए ।

५९ ओैँ राष्ट्रिय बाल दिवसको अबसरमा बैतडीमा १० वटै स्थानीय तहले पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइका छन् ।

प्रतिक्रिया