२०८१ बैशाख २६ गते बुधबार
ट्रेन्डिङ

बैतडी प्रहरीको कमाण्ड सम्हाले गिरीले , सडक दुर्घटना न्यूनीकरण गर्छौं

SansherOnline SansherOnline
शुक्रबार २९, भदौ २०८० ०१:५६
बैतडी प्रहरीको कमाण्ड सम्हाले गिरीले , सडक दुर्घटना न्यूनीकरण गर्छौं

बैतडी : प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले जिल्ला प्रहरी कार्यालय बैतडीको कमाण्ड सम्हालेपछि पत्रकारहरूसँगको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रमको आयोजित आज जिल्ला प्रहरी कार्यालय बैतडीमा गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा डीएसपी  गिरीले जिल्लामा लागुऔषध नियन्त्रण गर्नका लागि आफूले विशेष ध्यान दिने बताएका हुन् । 

खुला सिमानाका कारण बैतडीमा पछिल्लो समय लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण प्रमुख चुनौती बन्दै गएको छ । जिल्लामा ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण गर्नमा पनि आफूले काम गर्ने उनको भनाइ छ। मादक पदर्थ सेवन गरेर गाडी चलाउने चालकलाई कानुन बमोजिम कारबाही गरिने डीएसपी गिरीले बताए । 

पत्रकारहरूले,ट्राफिक व्यवस्थापन, हत्याहिंसा, आत्महत्या, लागूऔषध, चोरी तस्करीलगायतका घटना घट्ने हुँदा यिनीहरूको न्यूनीकरणमा ध्यान दिन डीएसपी गिरीलाई आग्रह गरेका थिए। 

 

 

 

प्रतिक्रिया