२०८१ बैशाख २७ गते बिहिबार
ट्रेन्डिङ

नेम्वाङको निधन, एमालेले बोलायो आकस्मिक सचिवालयको बैठक

SansherOnline SansherOnline
मङ्गलबार २६, भदौ २०८० १०:१०
नेम्वाङको  निधन, एमालेले बोलायो आकस्मिक सचिवालयको बैठक

काठमाडौं : नेकपा एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ ।

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बोलाएको हो । सो बैठक अहिले बिहान ११ः०० बजे पार्टी मुख्यालय, च्यासलमा बस्नेछ ।

एमाले सचिव योगेश भट्टराईका अनुसार पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष नेम्वाङको अन्तिम बिदाईका बारेमा निर्णय लिनका लागि सो बैठक बोलाईएको हो ।

नेम्वाङको सोमबार राति १ः३० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो । उहाँको पार्थीव शरीरलाई आज र भोली च्यासल, ललितपुरस्थित पार्टी मुख्यालयमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिनेछ ।
 

प्रतिक्रिया