२०८१ बैशाख २७ गते बिहिबार
ट्रेन्डिङ

झौलेक मोडमा ढुंगा खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

SansherOnline SansherOnline
सोमबार २५, भदौ २०८० ०९:१२
झौलेक मोडमा ढुंगा खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी : शनिबार रातिदेखिको अविरल वर्षा संगै पहिरो खस्दा बैतडीको खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोड नजिक सडकमाथीबाट खसेको ढुंगाले सडक अबरुद्ध बनेको हो।

राजमार्ग खुलाउनको लागि बझाङको झोताबाट लोडर मगाइएको छ ।  सडक अबरुद्ध बनेलगत्तै दुई वटा जेसीबी लगाएर ढुंगा फाल्ने प्रयास गरिएको थियो । तर जेसीबीले ढुंगा फाल्न नसकेपछि झोताबाट लोडर मगाइएको खोडपे प्रहरी चौकीका इन्चार्ज, प्रहरी सहायक निरिक्षक गणेश बिकले जानकारी दिए ।  

राजमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन रोकिँएका छन । यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्। लोडर आज (सोमबार) ११ बजेभित्रै पुग्ने र लगत्त सडक सुचारु हुने प्रहरीले बताएको छ ।  

प्रतिक्रिया