२०८१ बैशाख २७ गते बिहिबार
ट्रेन्डिङ

सुदूरपश्चिमका १७ कर्मचारी पुरस्कृत

SansherOnline SansherOnline
शुक्रबार २२, भदौ २०८० ०१:३२
सुदूरपश्चिमका १७ कर्मचारी पुरस्कृत

सुदूरपश्चिमका १७ जना कर्मचारी पुरस्कृत भएका छन् । निजामती सेवा दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले उत्कृष्ट काम गरेका १७ कर्मचारीलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुने कर्मचारीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ल्याव टेक्निसियन कृष्ण गौतम, कैलाली जिल्ला अदालतका कार्यालय सहयोगी धौली केसी, स्वास्थ्य कार्यालय कैलालीका नर्स निरीक्षक आशा थापा, हेभी इक्युपमेन्ट डिभिजन कार्यालय गोवादरीका मेकानिक प्रेमसिँह लुहार, जिल्ला हुलाक कार्यालय कैलालीका हल्कारा देवलाल चौधरी रहेका छन् ।

यस्तै, आन्तरिक राजश्व कार्यालय कैलालीका वासुदेव जोशी, पशु सेवा तालिम केन्द्र धनगढीका अधिकृत गोरखबहादुर खड्का, जिल्ला प्रशासन कार्यालय कैलालीका नासु टिकेन्द्रप्रसाद भट्ट, प्रदेश निर्वाचन कार्यालयका नासु खेमराज भट्ट, सामाजिक विकास कार्यालय बझाङका शाखा अधिकृत विरबहादुर धामी, कृषि ज्ञान केन्द्र दार्चुलाका अधिकृत चन्द्रबहादुर ठगुन्ना, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका कम्प्युटर अधिकृत जयबहादुर मल्ल, आन्तरिक मामिला तथा कानून मन्त्रालय धनगढीका कानून अधिकृत लक्ष्मीप्रसाद जोशी, आर्थिक मामिला मन्त्रालयका कम्प्युटर अधिकृत ललिता देउपाल, डिभिजन वन कार्यालय डडेल्धुराका फरेष्टर खगेन्द्रराज पाध्या र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कार्यालय सहयोगी योगेन्द्रबहादुर ऐर पुरस्कृत भएका हुन्। उनीहरुलाई मुख्यमन्त्री कमलबहादुर शाहले नगद, दोसल्ला र प्रमाण पत्रसहित सम्मान गरेका छन् ।

प्रतिक्रिया