२०८१ बैशाख २७ गते बिहिबार
ट्रेन्डिङ

चितुवाको आक्रमणबाट घाइते किशोरी धनगढी रेफर

SansherOnline SansherOnline
शुक्रबार २२, भदौ २०८० ०८:५१
चितुवाको आक्रमणबाट घाइते किशोरी धनगढी रेफर

बैतडी : बैतडीमा चितुवाको आक्रमणबाट घाइते किशोरीको धनगढीमा  उपचार भैरहेको  छ। जिल्लाको  पञ्चेश्वर गाउपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लोहारलाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रेफर गरिएको  जिल्ला प्रहरी कार्यालय  बैतडीले  जनाएको  छ ।

पुजालाई बिहीवार  मध्यान्ह साढे १२ बजेतिर घर नजिकै तालिगाडरोल बनमा घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमण पछि घाइते किशोरीलाई  उद्धार गरेर   मेलौलि स्थित केशपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा पुर्याएर सामान्य उपचार पछि डडेल्धुरा रेफर गरिएको  थियो । टाउकोमा रगत जमेको र हड्डीमा पनि चोट पुगेकाले थप उपचारका लागि  धनगढी रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

प्रतिक्रिया