२०८१ बैशाख २७ गते बिहिबार
ट्रेन्डिङ

हलिया मुक्ति घोषणाको १५ वर्ष : अझै हलिका समस्या ज्युँकात्यूँ

SansherOnline SansherOnline
बिहिबार २१, भदौ २०८० ०७:३७
हलिया मुक्ति घोषणाको १५ वर्ष : अझै हलिका समस्या ज्युँकात्यूँ

बैतडी : हलिया मुक्ती घोषणाको १५ बर्ष पुरा भएको छ । घोषणाका भएको दिनको अवसरमा बैतडीमा हलिया मुक्त घोषणा दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको आयोजनामा मनाइएको दिवसमा मुक्त हलियाको अवस्थाका बिषयमा अन्तरक्रिया गरिएको छ । 

अन्तरक्रियाका सहभागीहरुले मुक्त हलियाको अवस्थामा सुधार नभएको बताएकाछन् । नागरिक समाजका अगुवा कर्ण दयालले मुक्त हलियाका सवालहरु प्रति सरकार उदासीन देखिएको बताए । उनले भने,‘मुक्त हलियाको व्यवस्थापन गर्ने कुनैपनि निति र संरचना छैन् । हिजोका जिल्लामा बनाइएको हलिया पुर्नस्थापना कार्यदल हटाएपछि अहिले स्थानियतहलाई मुक्त हलियाको व्यवस्थापनका लागि अधिकार हस्तान्तरण गरेको हो । तर स्थानियतहहरुले कुनै काम गरेका छैनन् । मुक्त हलियाका लाष् िआएको बजेट फ्रिज जाने गरेको छ । यो दुखद छ यसमा सबै सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।’

मुक्त हलियाहरु अहिले पनि हलियाकै रुपमा काम गर्ने गरेको अधिकारकर्मी बलभद्र दयालले बताए । सरकारले बिगतमा मुक्त हलियाको तथ्यांक संकलन गरेपनि अधिकांशको नाम छुटेको उनले बताए । ‘साहुको घरमा हलो जोत्ने, खेत खन्ने, दाउरा चिर्ने, खर फागलाको काम गरिदिने र त्यस वाफत खलोका रुपमा अन्न प्राप्त गर्ने गरेका छन् । साहुको घरमा खेतिपाती नभएमा एकदाना अन्न समेत पाउदैनन् । उनिहरुको नाम मुक्त हलियाको तथ्यांकमा समावेश नहुदाँ परिचय पत्र पाएका छैनन् भने कुनै सहुलियत पाउने अवस्था छैन् ।’ उनले भने, ।

मानव अधिकारकर्मी सरस्वती नेपालीले मुक्त हलियाहरुको पुर्नस्थापनाका लागि सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताइन् । उनले जिल्लामा रहेका वास्तवीक मुक्त हलियाहरुको पुनः तथ्यांक संकलन गरेर व्यवस्थापन गर्नुपर्ने बताइन् ।

दशरथचन्द नगरपालिकाका नगरप्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले नगरपालिका भित्र रहेका मुक्त हलियाको व्यवस्थापनका लागि कार्यक्रम ल्याउने बताए । उनले नगरपालिकामा हालसम्म मुक्त हलियाका लागि भएका काम तथा कागजातहरुको अध्ययन गरि कार्यक्रम तय गर्ने बताए । 

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले विगतमा सरकारले नै पुर्नस्थापना गर्ने भनेका व्यक्तिहरुको पुर्नस्थापना नभएको बताए । उनले भने,‘२०६७ सालमा संकलन गरिएको सरकारी तथ्यांक हेर्दा बैतडीमा ३हजार १सय ७० जनाको नाम संकलन भएको र जसमध्ये प्रमाणीकरण भएका २हजार २२ जना मध्ये १हजार ५सय ५० जनाको पुर्नस्थापना भएको छ भने, अन्य छुटेका छन् । र उतिबेला समेत तत्कालिन १७ गाविसहरुको तथ्यांक संकलन नै नभएको पाइन्छ । त्यसकारण वास्तवीक मुक्त हलियाहरु छुटेको लगायतका समस्याहरु छन् । पुनः सरोकारवाला निकाय एकै थलोमा बसेर समस्याको समाधानका लागि योजना बनाउनु जरुरी छ ।’

२०७५साल भदौ २१ गते नेपाल सरकारले हलिया मुक्त राष्ट घोषणा गर्ने बखत सबै मुक्त हलियाहरुको पुर्नस्थापना गर्ने सहमती गरेको थियो । तर मुक्त हलियाहरुको पुर्नस्थापना नहुदाँ उनिहरु पुनः साहुकै घरमा काम गर्न बाध्य भएकाछन् । 
बैतडीमा मुक्त हलियाका सवालहरुलाई २०३६ सालदेखी तत्कालिन अभियन्ता तथा संविधानसभा सदस्य पुरन सिंह दयालको नेतृत्वमा आन्दोलन सुरु भएको थियो । 

प्रतिक्रिया