२०८१ बैशाख २६ गते बुधबार
ट्रेन्डिङ

मानव बेचबिखन विरुद्धको दिवस बैतडीमा पनि मनाइयो

SansherOnline SansherOnline
बुधबार २०, भदौ २०८० ०२:३७
मानव बेचबिखन विरुद्धको दिवस बैतडीमा पनि मनाइयो

बैतडी : मानव बेचबिखनविरुद्धको १७ औँ राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाईएको छ । जिल्ला समन्वय समितिको आयोजनामा भदौ २० गते मानव बेचबिखन विरुद्धका कार्डसहित जिल्ला प्रशासन कार्यालयबाट याली निकालेर गोठलापानी बजारमा  कोणसभा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले  कोणसभाको सम्बोधन गर्दै रोजगारीको प्रलोभन देखाउदैँ भारत लगायतका विभिन्न देशहरुमा मानव बेचबिखन गर्ने गरिएकाले यसलाई रोक्न जनचेतना अभिवृद्धि गर्नुपर्ने बताएका थियो । उनले बिशेष गरेर मानव बेचबिखन जस्तो जघन्य अपराधलाई रोक्न मानव अधिकारकर्मी र सरकारी स्तरबाट पनि आवस्यक कार्यहरु गर्नुपर्नेमा जोड दिए । उनले स्थानिय सरकारले मानव बेचबिखन बिरुद्ध जनचेतनाका कार्यक्रमहरु गरेर यसको न्यूनिकरणमा भूमिका खेल्न सक्ने बताए ।

मानव बेचबिखनको स्वरूप र बाटोहरू  परिवर्तन भएकोले त्यसै अनुसार नियन्त्रणका लागि कदम चलाउनुपर्ने मानव अधिकारकर्मी सरस्वती नेपालीले बताइन् । आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका व्यक्तिहरु बेचबिखनमा पर्ने गरेकोले उनिहरुको सशक्तिकरणमा सरकारले ध्यान दिनुपर्ने नेपालीले बताइन् । 

जिल्ला समन्वय समिति संयोजक एंव प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा दिवस मनाइएको हो । कार्यक्रममा जिल्ला स्थित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको  सहभागिता रहेको थियो । 

 

 

 

प्रतिक्रिया