२०८१ बैशाख २६ गते बुधबार
ट्रेन्डिङ

दोगडाकेदारमा तीन अवैध औषधी पसल सिल, एकजना पक्राउ

SansherOnline SansherOnline
मङ्गलबार १९, भदौ २०८० ०९:२४
दोगडाकेदारमा तीन अवैध औषधी पसल सिल, एकजना पक्राउ

बैतडी : बैतडीको दोगडाकेदारकामा सञ्चालित तीनओटा मेडिकल सिल गरिएका छन् । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा गएका अनुगमन टोलीले औषधि पसल शिल गरेर एक जना पक्राउ गरेको स्वास्थ्य बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए ।

खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

 यस्तै वाड न : ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ । स्वास्थ्य बिषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेकोले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यो बिषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । 

मेडिकलहरुले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि विक्रि गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरुले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रिया समेत पूरा नगरेको पाइएकाले मेडिकलहरु सिल गरिएका स्वास्थ्य प्रमुख भट्टले बताए ।

प्रतिक्रिया