२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण

SansherOnline SansherOnline
बुधबार २३, चैत २०७८ ०२:१७
धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण

बैतडी । धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजलाई नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको छ । जहाजमा सवार यात्रु बमकुमारी श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि जहाज नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको हो ।

जहाजभित्र रहेकी उनलाई श्वासप्रश्वासमा समस्या आएपछि करिब ९ः४५ बजे अकस्मात अवतरण गरिएको साँझा विमानस्थल सुरक्षा गार्डका प्रहरी सहायक निरीक्षक नवराज बमले जानकारी दिए ।

बमलाई जहाजभित्र सास फेर्न समस्या भएपछि जहाज नेपालगञ्जमा अवतरण गरिएको बुद्ध एयरका नेपालगञ्ज प्रमुख दिनेश शाहले बताए ।

अहिले उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । २७ जना यात्रु सवार सो जहाज पुनः नेपालगञ्जबाट काठमाडौंका लागि उडको छ । नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया