२०८१ बैशाख २६ गते बुधबार
ट्रेन्डिङ

दोगडाकेदारमा हाकिम थारु हाजिर , गाउँपालिका अध्यक्षले गरे स्वागत

SansherOnline SansherOnline
सोमबार १८, भदौ २०८० ११:५०
दोगडाकेदारमा हाकिम थारु हाजिर , गाउँपालिका अध्यक्षले गरे स्वागत

बैतडी :बैतडीको दोगडाकेदा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र प्रकाश थारु हाजिर भएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको गाउँपालिकाको कार्यालय प्रमुखमा उपसचिव थारु हाजिर भएका हुन्।

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौँले अधिकृत थारुलाई दोगडाकेदार गाउँपालिकामा खटाएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत लाई गाउँपालिका अध्यक्ष चक्र बहादुर कार्की गाउँपालिका कर्मचारीहरुले स्वास्गत गरेका छन् ।

प्रतिक्रिया