२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ

डिलाशैनीमा नेपाली काग्रेस र नेकपा एमाले परित्याग गरि  ५० जनाले गरे समाजबादीमा प्रवेश

SansherOnline SansherOnline
शनिबार १९, चैत २०७८ ०६:४१
डिलाशैनीमा नेपाली काग्रेस र नेकपा एमाले परित्याग गरि  ५० जनाले गरे समाजबादीमा प्रवेश

आसिष माल बैतडी । नेकपा (एकीकृत समाजवादी ) पार्टीको डिलाशैनी गाउँपालिका वडा नम्बर पाँच मा कार्यकर्ता भेला  कार्यक्रम सम्मपन्न भएको छ । नेकपा (एकीकृत समाजबादी) पार्टीका पोलिट ब्युरो सदस्य प्रमानन्द भट्टको प्रमुख आथित्यतामा  बैतडीको डिलाशैनी  गाउँपालिका वडा नम्बर ५  मा कार्यकर्ता भेला  सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका बाशुदेब नाथ को नेतृत्वमा २५ जनाले नेकपा एमाले परित्याग गरि नेकपा (एकीकृत समाजबादी) पार्टीमा  प्रवेश गरेका छन  । एस्तै नेपाली काग्रेस बाट  खेमराज जोशीको नेतृत्वमा  २५ जनाले नेपाली काग्रेस पाटी परित्याग गरि समाज बादि पाटिमा प्रवेश गरेको नेकपा (एकीकृत समाजबादी) पार्टीका पोलिट ब्युरो सदस्य प्रमानन्द भट्टले शनसेर अनलाइन लाई  जानकारी दिनु भएको छ । 

कार्यक्रमका विशिष्ट अथिती (एकीकृत समाजबादी)पार्टीका केन्द्रिय कमिटी सदस्य माया भट्ट  (एकीकृत समाजबादी) पाटिका बैतडी जिल्ला  अध्यक्ष महादेव भट्ट, प्रगतिशील शिक्षक संगठनका केन्द्रिय सदस्य पदम ठगुन्ना  एबम समाजबादी पार्टीकानेता कार्यक्रताको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा बोल्दै बैतडी जिल्लामा गठबन्धन इमान्दारीतापूूर्वक कार्यान्वयन हुन्छ  जिल्लाको १० वटै पालिकामा जित हासिल गर्ने नेकपा एकीकृत समाजवादीका पोलिट ब्युरो सदस्य प्रमान्द भट्ट ले दावी गर्नु भएको छ। कार्यक्रम बाजा गाजा छलियानाच सहित सम्पन्न भएको छ ।

प्रतिक्रिया