२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

माओवादी केन्द्र जिल्ला समन्वय समिति बैतडीको पहिलो बैठक सम्पन्न

SansherOnline SansherOnline
शनिबार ०५, चैत २०७८ ०६:२५
माओवादी केन्द्र जिल्ला समन्वय समिति बैतडीको पहिलो बैठक सम्पन्न

बैतडी –नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बैतडीको पहिलो बैठक सम्पन्न भएको छ । जिल्ला संयोजक शंकर भण्डारीको अध्यक्षतामा बसेको बैठकले आगामी स्थानीय तहको चुनावलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको माओवादी केन्द्र बैतडीका सचिव रमेश चन्दले बताए । स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर यही चैत ७ गतेदेखि जिल्लाभरी अभियान सञ्चालन गर्ने निर्णय भएको उनले बताए । प्रत्येक स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न मिति तय गरिएको सचिव चन्दले बताए । 

चैत ७ गते दोगडाकेदार गाउँपालिका, चैत ८ गते डिलाशैनी गाउँपालिका, चैत ९ गते सुर्नया गाउँपालिका, चैत १० गते पाटन नगरपालिका र चैत ११ गते मेलौली नगरपालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । 

यस्तै चैत १२ गते शिवनाथ गाउँपालिका, चैत १३ गते पञ्चेश्वर गाउँपालिका, चैत १५ गते सिगास गाउँपालिका, चैत १६ गते पुर्चौंडी नगरपालिका र चैत १९ गते दशरथचन्द नगरपालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । 
यस्तै बैठकले चुनावी अभियानलाई प्रभावकारी बनाउन प्रत्येक तहमा कमाण्डर खटाउने निर्णय गरेको सचिव चन्दले बताए ।
 

प्रतिक्रिया