२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

चुनाब अघि एकता सम्भावना छैन, चुनावी माेर्चा बन्छ - माधव नेपाल

SansherOnline SansherOnline
शनिबार १४, साउन २०७९ ०३:१४
चुनाब अघि एकता सम्भावना छैन, चुनावी माेर्चा बन्छ - माधव नेपाल

डाेटी  । नेपाल सरकारका पुर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत (समाजबादी) पार्टीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले चुनाब अघि पार्टी एकता सम्भावना नभएकाे तर चुनाबी माेर्चा बन्न सक्ने बताएका छन् । पार्टीकाे अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका लागि डाेटी पुगेका अध्यक्ष नेपालले समसामाहिक विषयमा संचारक्रमीहरुसंग कुरा गर्नेक्रममा त्यस्ताे बताएका हुन् । अध्यक्ष नेपालले भने - "हामीले स्थानिय निर्वाचन हेरेका छाै, गठवन्धन भनेर मात्र हुदैन सबै बफादर हुनु पर्छ तर स्थानिय निर्वाचनमा त्यस्ताे देखिएन । अब आफ्नै खुट्टामा उभिने हाे, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हाे । चुनाबी माेर्चा बन्न सक्छ तर निर्वाचन अघि कुनै पनि पार्टी संग एकता हुँदैन ।" संचारकर्मीकाे प्रश्नको जवाफ दिदै अध्यक्ष नेपाल पाटी एकताकाे लागि गृहकार्य समेत अगाडि बढेकाे समेत बताए । तर निर्वाचन अगाडि एकताकाे कुरा सम्भावना नभएकाे समेत उनले बताए । यसै विच पार्टी अध्यक्ष नेपालले सुदुरपश्चिमकाे प्रशिद्व धार्मिकस्थल शैलेश्वरी मन्दिरमा दर्शन समेत गरेका छन् । मन्दिर दर्शनका क्रममा शैलेश्वरी क्षेत्र विकास समितिले अध्यक्ष नेपाललाई बाजागाजा सहित स्वगत तथा अभिनन्दन समेत गर्नु भएकाे थियाे ।

प्रतिक्रिया