२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

नेकपा एकीकृत समाजवादी बैतडीको ३ पालिकामा कमिटी गठन,

SansherOnline SansherOnline
शनिबार ११, मङि्सर २०७८ ०७:२७
नेकपा एकीकृत समाजवादी बैतडीको ३ पालिकामा कमिटी गठन,

बैतडी – बैतडीमा नेकपा (एस)ले पालिका स्तरको नेतृत्व चयनका लागि तिब्रता दिएको छ ।   नेकपा एकीकृत समाजवादी बैतडीले  जिल्लाका ३ पालिकामा अधिवेशन सम्पन्न गरेर नेतृत्व चयन गरिसकेको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका, पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकामा अधिवेशन सम्पन्न गरेर एसले नेतृत्व चयन गरिसकेको एकीकृत समाजवादी पार्टी (एस)का बैतडी जिल्ला कमिटी सचिवालय सदस्य धन बहादुर कार्की कोब्रा ले जानकारी दिनुभयो । तीनै पालिकाका सर्वसम्मत नेतृत्व चयन गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार दशरथचन्द नगरपालिकामा दिनेश सिहँ ठगुन्ना, मेलौली नगरपालिकामा भिम दत्त भट्ट र पुर्चौडी नगरपालिकामा रमेश बोहराको अध्यक्षतामा कमिटी गठन गरिएको छ ।एसले पालिका संगसंगै वडाहरुमा पनि कमिटी बिस्तार भइरहेको बताएको छ । 

#नेकपा एकीकृत समाजवादी #बैतडी #मेलौली

प्रतिक्रिया