२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

अब युवाहरुले बैकल्पिक शक्ति खोज्नुपर्ने जरुरी छ (क्वालिटी)

SansherOnline SansherOnline
सोमबार १६, फागुन २०७८ ०६:०५
अब युवाहरुले बैकल्पिक शक्ति खोज्नुपर्ने जरुरी छ (क्वालिटी)

बैतडी । अहिले पछिल्लो राजनीति उथलपुथलका कारण धेरै जस्तो भिजन भएका युवा नेताहरु पनि के गर्ने कसरी अगाडि बढ्ने भन्ने बिषयमा अलमलमा परेका छन। सामाजिक अभियान्ता तथा पब्लिक पावरका केन्द्रिय अध्यक्ष भोज राज जोशी (क्वालिटी) ले यस्को निष्कर्ष भनेको अब सबै भिजन भएका युवाहरु एकै ठाउमा आउन अति आवश्यकभएको बताएका छन।
अब देश डुब्न लागिसकेको अवस्था छ। अहिले नै हेर्दा पनि पूरा जनता mcc को विरुद्ध हुदा हुँदै पनि  संसद बाट अनुमोदन हुनु कतिको लज्जास्पद कुरा हो। ठुल ठुला नेता भनौदाहरु बाट यस्ता कार्य भइरहेको देख्दा राष्टवादी कार्यकर्ताहरुको पनि  मन दुखेको छ, उहाले बताउनु भयो ।

अब सबै राष्ट्रवादी युवाहरु एकजुट भएर अगाडि बढ्नु पर्छ, कुनै पनि नेताहरुको अन्धभक्त भएर हिडियौ भने भोलि देश कुन अवस्थामा आउन सक्छ यसको हामी कल्पना पनि गर्न सक्दैनौं, अहिले युक्रेन र रुस बिचको द्वन्दवाट पनि हामीले धेरै सिक्नुपर्ने जरुरि छ र यसको लागि नयाँ शक्तिको आवस्यकता छ उहाले बताउनु भयो।

अहिले सम्म कुनैपनी नेता जनताको लोकप्रिय नभई सक्नु  दुखद कुरा हो।अबको स्थानीय चुनाव संगै प्रदेश र केन्द्रको चुनावमा सुदूरपश्चिमको सम्पुर्ण जिल्लाहरुका साथै देश भरी नै स्वतन्त्र युवा उम्मेदवार उठाउने बताएका छन र यसमा सबै युवासाथीहरूले एकजुट हुन सुझाव सल्लाह र साथ दिन पनि अनुरोध गरेका छन।

प्रतिक्रिया