२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ
प्रेस चौतारी नेपाल बैतडीको छैठौ अधिवशेन सम्पन्न

प्रेस चौतारी नेपाल बैतडीका अध्यक्ष बने सिपी लोहिया

SansherOnline SansherOnline
मङ्गलबार २७, पुष २०७८ ०६:४४
प्रेस चौतारी नेपाल बैतडीका अध्यक्ष बने सिपी लोहिया

आशिस माल बैतडी– प्रेस चौतारी नेपाल बैतडीको छैठौ अधिवशेन सम्पन्न भएको छ । मगंलवार नेकपा एमालेका बैतडी सह–ईन्चार्ज एबंम सुदुरपश्चिम प्रदेश सभा सदस्य लिलाधर भट्टको प्रमुख आतिथ्यतामा दशरथचन्द नगरपालीका ४ गढीमा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले चन्द्र प्रकाश लोहियाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रकाश चन्द्र  भट्ट, कोषाध्यक्षमा दीपेन्द्र भण्डारी, सचिवमा गोबिन्द प्रसाद पन्त र सहसचिवमा मंगेश दयाल चयन भएका छन् । यस्तै कार्यक्रमका बिशिस्ट अथिती समाज बादी प्रेस संगठनका सुदुरपश्चिम प्रदेश अध्यक्ष नरेन्द्र भट्ट प्रेस युनियन बैतडी जिल्ला सचिब बिनोद बिस्ट नेकपा (एमाले) बैतडी जिल्ला कमिटी उप सचिब सरस्वती नेपाली,  समाजबादी  प्रेस संगठन बैतडी जिल्ला सह संयोजक आशिष माल लगाएत विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको उपस्थितिथि रहेको थियो। 

प्रतिक्रिया