२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय भेला फागुन ७ गते काठमाडौंमा

SansherOnline SansherOnline
शुक्रबार २३, पुष २०७८ ०६:३१
समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय भेला फागुन ७ गते काठमाडौंमा

बैतडी।समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय भेला फागुन ७ गते काठमाडौंमा हुने भएको छ ।काठमाडौंको बानेश्वरस्थित प्रेस संगठनको कार्यालयमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रिय भेला काठमाडौंमा गर्नेनिर्णय गरेको हो । राष्ट्रिय भेलाअघि बाँकी रहेका जिल्लामा कमिटी गठन गर्दै जिल्ला तथा प्रदेश भेला गर्ने बैठकले निर्णय गरेको अध्यक्ष सम्भु श्रेष्ठले जानकारी दिनुभयको छ ।

बैठकले, पाँच सदस्यीय विधान मस्यौदाका समिति गठन गरेको छ । महासचिव भुपराज खडकाको संयोजकत्वमा गठन गरिएको समितिमा उपमहासचिवत्रय रामकुमार एलन, तेजप्रसाद वाग्ले, उर्मिला कुँवर र जीवन विसी रहेका छन् ,बैठकले उपाध्यक्षमा विश्वमणी सुवेदी, नरेन्द्र साउद र उपमहासचिवमा रामकुमार एलनलाई मनोनित गरेको छ । बैठकमा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको विशेष उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया