२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ
आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी

आन्तरिक मामिला तथा कानूनमन्त्री जोशीले गरिन बैतडीका बिभिन्न ठाउको अनुगमन

SansherOnline SansherOnline
बिहिबार २२, पुष २०७८ ०३:५७
आन्तरिक मामिला तथा कानूनमन्त्री  जोशीले गरिन बैतडीका बिभिन्न ठाउको अनुगमन

आषिस माल बैतडी।सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले बैतडी जिल्लामा मा रहेको  कारागारको निरीक्षण संगै  कैदी बन्दिहरुकालागी ३ महिने सिलाइ कटाइ र विद्युत वारिङ्ग सम्बन्धि तालिम को उत्घाटन गर्नुका साथै कारागार को अनुगमन गर्नु भएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्रालयको आर्थिक बर्ष २०७८÷७९को बार्शिक कार्यक्रम अन्तर्गत सीप मुलक तालीम र पुर्बाधारकार्यक्रमको सुरुवात र सहज बाताबरण बनाउन बिहीवार बैतडी जिल्ला पुगेकी मन्त्रीले जिल्ला कारागारको निरीक्षण गर्नु भएको छ  । कारागारको सुदृढीकरण गर्ने कार्यक्रम अन्तर्गत कारागारको अवस्था लगायतका बारेमा अनुगमन निरीक्षण गरिएको मन्त्री जोशीले बताइन् ।अहिले प्रदेशभरिका कारागारहरुमा कैदीबन्दी क्षमताभन्दा बढी रहेको हुँदा एस्को कसरी न्युनिकर गर्न सकिन्छ भन्ने उदेश्यले पनि अनुगमन गर्नु परेको मन्त्री जोशिले बताइन्  । उनले कारागारभित्रका कैदीबन्दीहरुको आयआर्जनका लागि सीपमूलक कार्यक्रमअन्तर्गत प्रदेश सरकारले बैतडी कारागारलाई रु ४लाख बजेट विनियोजन गरेको जानकारी दिईन् । कारागारभित्र रहेका कैदीबन्दीले सीपमूलक कार्य गर्न सकून् र व्यावसायिक बन्न सकून् भन्ने उद्देश्यले बजेट विनियोजन गरिएको मन्त्रीको भनाइ छ ।

यस्तै चालू आर्थिक वर्षमा जिल्ला कारागारको मर्मतसम्भारका लागि ८ लाख बजेट विनियोजन गरिएको छ । जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीका अनुसार जिल्ला कारागारभित्र क्षमताभन्दा बढी कैदी तथा थुनुवा राख्नुपर्ने बाध्यता रहेको बताएकाछन । जसमा १५ जना पुरुष र १० जना महिला हुनु पर्ने ठाउँमा ५९ जना कैदी र २१ जना थुनुवा राख्नु पर्ने अवस्था आएको छ ।३ जना जेष्ठनागरिक रहेकाछन उहालाई एक्कासि केहि बिरामी भैहाल्यो भने अस्पताल लग्नलाई पनि बाटो को समस्या रहेको छ। क्षमता भन्दा तेब्बर कैदी बन्दी राख्नु परेको छ २५ जना कैदी बन्दी हुनेठाउमा अहिले ८१ जना कैदि बन्दी रहेको जेलर तिवारीले बताएका छन ।जिल्ला कारागारको अवस्था लगायत बैतडीे जिल्लाको समग्र अवस्थाका बारेमा बुझ्न आफूले बैतडी जिल्ला भ्रमण गरेको मन्त्री जोशीले बताइन् । आगामी आर्थिक वर्षका योजना बनाउनका लागि समेत जिल्लाको अवस्थाको बारेमा बुझ्न आफू बैतडी जिल्ला आएको उनको भनाइ थियो । मन्त्री जोशीसंगै  बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पान्डे, सशस्त्र प्रहरी उपरीक्षक गणेश साह , प्रहरी नायव उपरीक्षक रमेश बहादुर पाल ,अनुसन्धानका डियस्पी, पत्रकार लगायतको टोलीले कारागारको निरीक्षण अनुगमन गरेका हुन ।

यो संगै मन्त्री जोशीले बिहिवार सामाजिक बिकास मन्त्रालय स्वास्थ निर्देशनालयको कार्यक्रम अन्तरगत सिमानाका स्वास्थ केन्द्र झुलाघाटको अनुगमन समेत गर्नु भएको छ । झुलाघाट नाकामा रहेको हेल्पडेस्का कर्मचारीहरुले  दिनभरी नेपालमा डिउटी गरेर साझ सुत्नलाइ पारि झुलाघाट जानुपर्ने अवस्था रहेको बताएका छन । ठाउँको अभाव भएकाले यो अवस्था आएको हुनसक्ने उनको भनाई छ ।उनका अनुसार यो समस्यालाई मध्यनजर गर्दै छिट्टै उहाँहरुको बासबस्नलाई नेपालमै ब्यबस्थापन मिलाउने प्रयास गर्ने मन्त्री जोशीले बताइन ।

यस्तै मन्त्री जोशिले बैतडी जिल्लाका सुरक्षा निकायका प्रमुखहरु संग अन्तकृर्या कार्यक्रम पनी गर्नु भएको छ । कार्यक्रममा बोल्दै मन्त्री जोशीले जिल्ला स्थिति  सुरक्षाकर्मी हरुको समस्या के कति छन  बिपत ब्यबस्थापन को अवस्था के कस्तो छ । सुरक्षाकर्मी लाई साधन स्रोतको अवस्था कस्तो छ । समस्या छन भने जिल्ला प्रसानकार्यालय प्रमुख मार्फत निवेदन लेखी मन्त्रालयमा पठाउन हुन र समस्या भए छिट्टै तेस्को पनि पहल कदमी गर्ने मन्त्री जोशीको भनाइ रहेको थियो ।
 

प्रतिक्रिया