२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ
माओवादी केन्द्र

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनभोलीबाट: पाउला त सुदूरपश्चिमले पदाधिकारी ?

SansherOnline SansherOnline
शनिबार १०, पुष २०७८ ०६:५४
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनभोलीबाट: पाउला त सुदूरपश्चिमले पदाधिकारी ?

काठमाण्डाैं । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन भोलिदेखि सुरु हुँदैछ । प्रदेशबाट प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीमा पुग्न आ-आफ्नो प्रयास जारी राखेका छन् । माओवादीले थालेकाे जनयुद्धमा तेस्राे पिल्लर भनेर चिनिने तत्कालिन सेती महाकाली हालकाे सुदूरपश्चिम प्रदेशबाट माओवादी केन्द्रको केन्द्रीय समितिमा प्रतिनिधित्व चाहने आकांक्षी बढी छन् ।

माओवादीले जनयुद्ध सुरु गर्नुभन्दा करिव पाँच दशकअघि सुदूरपश्चिमका दशरथ चन्द र भीमदत्त पन्तले सामाजिक एवं राजनीतिक क्रान्ती गरेपनि अहिलेसम्म क्रान्तिकारी पार्टी माओवादी केन्द्रको पदाधिकारीमा कोही पनि सुदूरपश्चिमेली पुग्न सकेका छैनन् । यसपटक भने माओवादीमा रहेका सुदूरपश्चिमका शीर्ष नेताहरूले उपाध्यक्षदेखि सचिवसम्मको अपेक्षा गरेका छन् ।

यस दौडमा हालसम्म कसैले मुख खाेलेर लगेका नभएपनि बहुपदीय प्रणाली र समावेशी एवं समानुपातिक हिसाबले यसपटक माओवादी केन्द्रमा सुदूरपश्चिमलाई प्रतिनिधित्व गराउनुपर्ने नेताहरूको माग रहेको छ ।सुदुर आवाज अनलाईनबाट साभार

प्रतिक्रिया