२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

नवप्रभात संयुक्त क्याम्पसको स्ववियुमा अनेरास्ववियुकी रेखा घटाल प्यानलसहित विजयी

SansherOnline SansherOnline
आइतबार ०५, चैत २०७९ ०६:२८
नवप्रभात संयुक्त क्याम्पसको स्ववियुमा अनेरास्ववियुकी रेखा घटाल प्यानलसहित विजयी

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी रेखा घटाल प्यानलसहित विजयी भएकी छन् । उनले अखिल क्रान्तिकारीकी कविता चन्दलाई ११ मतले पराजित गरिन् । 

घटालले ७१ मत ल्याइन् भने चन्दले ६० मत ल्याइन् । सो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त रुपमा चुनाव लडेका थिए । अनेरास्ववियु एक्लै चुनाव लडेको थियो । 

यस्तै सचिवमा अनेरास्ववियुकी अहिल्या ठकुराठी, कोषाध्यक्षमा अनेरास्ववियुकै गीता घटाल र सदस्यहरुमा अनेरास्ववियुकै सावित्री जोशी, पूजा रावत र आसा साउँद विजयी भएका छन् । 

प्रतिक्रिया