२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता

SansherOnline SansherOnline
शनिबार २७, फागुन २०७९ ०५:५५
उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता

काठमाण्डौ  : उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेको तर्फबाट एक जना र सत्ता गठबन्धनको तर्फबाट तीन जनाको उम्मेदवारी परेको हो ।

एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।  उनको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ छन् भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहेका छन् । 

यस्तै सत्ता गठबन्धनबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको हो । उनको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् । प्रमिला यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहनुभएको छ भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिस सुमन रहेका छन् । 

त्यस्तै सत्तागठबन्धनबाटै उम्मेदवारी दर्ता गराएकी जनमत पार्टीकी नेतृ ममता झाको प्रस्तावक र समर्थकमा भने ठूला दलका सांसद छैनन् । निर्वाचन अधिकृतको कार्यालयले आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो । उपराष्ट्रपतिका लागि चैत ३ गते चुनाव हुँदैछ ।

प्रतिक्रिया