२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

ड्युटीको क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु

SansherOnline sansheronline.com
बुधबार १७, फागुन २०७९ ०९:४५
ड्युटीको क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु

बैतडीको मेलौली नगरपालिका २ सलेना प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । कैलाली घर भएका अन्दाजी ३२ वर्षीय प्रहरी सहायक हवल्दार नविन चौधरीको ड्युटीको क्रममा  बेहोस भएर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए ।‘आज दिउसो ड्युटीको क्रममा एक्कासी बेहोस भए, उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएका प्रहरी हवल्दारको मृत्यु भएको हो ’  प्रबक्ता प्रहरी निरिक्षक  जोशीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाकी छ।,

प्रतिक्रिया