२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

वडा अध्यक्ष ठगुन्नाको संयोजकमा ७ सदस्यीय परिक्षा समिति गठन

SansherOnline SansherOnline
बुधबार १७, फागुन २०७९ ०९:३२
वडा अध्यक्ष ठगुन्नाको संयोजकमा ७ सदस्यीय परिक्षा समिति गठन

बैतडी 
बैतडीको पाटन नगरपालिका वडा न १ मा वडा स्तरीय शिक्षा समितीको बैठक सम्पन्न भएको छ । बैठकले वडा अध्यक्ष तर्कसिंह ठगुन्नाको संयोजकमा ७ सदस्यीय परिक्षा समिति गठन गरेको छ । 

शिक्षा समितिले बार्षिक परिक्षाका सामग्रीहरु व्यवस्थापन देखी प्रश्नपत्र निर्माण सम्म गर्नेछ भने, वडा स्तरीय परिक्षा सञ्चालन गर्नेछ । वडाको शैक्षीक गुणस्तर सुधारका लागि वडा स्तरीय बार्षिक परिक्षा सञ्चालन गर्न लागेको वडाअध्यक्ष ठगुन्नाले बताए । 

शिक्षा समितिले चैत २गते भित्र प्रश्नपत्र तयार गरेर विद्यालयहरुमा पठाइसक्ने र ५ गते देखी परिक्षा सञ्चालन गरिने छ । विद्यालयहरुले परिक्षाफल तयार गरिसकेपछि वडा कार्यालयमा पठाउने र वडा कार्यालयले एक प्रति वडामा राखेर प्रकाशन गर्ने बताइएको छ । 

वडाले कक्षा १देखी ७ सम्म वडा स्तरीय परिक्षा सञ्चालन गर्नेछ भने, कक्षा ८को नगर स्तरीय हुनेछ भने, कक्षा ९को समेत वडा स्तरीय परिक्षा हुनेछ ।

प्रतिक्रिया