२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

गाउँमा स्वास्थ्य सुविधा नहुँदा सिगास ९ का स्थानीय सिटामोलका लागि ५ घण्टा पैदल यात्रा

SansherOnline SansherOnline
शुक्रबार १२, फागुन २०७९ ०७:१९
गाउँमा स्वास्थ्य सुविधा नहुँदा  सिगास ९ का स्थानीय सिटामोलका लागि ५ घण्टा पैदल यात्रा

बैतडी : नेपालको संविधानले आधारभूत स्वास्थ्यको अधिकारलाई मौलिक हकको रूपमा मान्यता दिएको ६ वर्ष पूरा भइसक्यो  । तर, बैतडी जिल्लाको सिगास गाउपालिका वडा नं। ९ मा स्थानीयहरूले सिटामोल लिनकै लागि पनि आउँदा(जाँदा एक दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।

यस गाउँका मानिसहरूले उपचारको लागि जाने ठाउँ भनेको साविक चौखाम गाविस, हालको वडा नं ९ को वडा कार्यालयनजिकै रहेको चौखाम स्वास्थ्यचौकीमा हो ।

यो गाउँबाट त्यहाँ पुग्न स्वस्थ व्यक्तिले लगातार ५ घण्टा पैदल यात्रा गर्नुपर्छ । बिरामी मान्छे हिँडेर जाँदा पूरै दिन लाग्छ । ‘गाउँमा मेडिकलसम्म पनि छैन । सामान्य बिरामी भए पनि चौखाम स्वास्थ्यचौकीमा नै पुग्नुपर्छ’, स्थानीय बिक्ररम महराले भने( ‘हिँड्न सक्ने बिरामी दिनभर हिँडेर साँझ पुग्छन्न् । हिँड्न नसक्नेलाई बोकेर लैजानुपर्छ’ गाउँमा स्वास्थ्य सुविधा नभएका कारण यहाँका मानिसहरू सामान्य बिरामी हुँदा धामीझाँक्रीकै भर पर्ने गरेको उनले बताए ।

गाउँमा प्रसूति केन्द्र तथा खोप केन्द्र नहुँदा बढी समस्या हुने गरेको कमला महराले बताइन् । ‘कुनै महिलालाई व्यथा लाग्यो भने बोकेर दौडाउनुपर्छ । भनेको बेला बोक्ने मान्छे पनि हुँदैनन्, कतिपय बाटैमा बच्चा जन्माउँछन्  भने कतिपयचाहिँ बाटैमा ज्यान गुमाउँछन्’( उनले भने । स्वास्थ्य संस्था टाढा भएका कारण बिरामी हुनेबित्तिकै उपचार नपाउने र बिरामी थलिएपछि मात्र बोकेर उपचारका लागि लैजाने गरेको गोबिनद महराले बताए  ।

यसो गर्दा कतिपय बिरामीहरू सिकिस्त भइसकेपछि मात्र स्वास्थ्य संस्थामा पुग्ने र ज्यानैसमेत गुमाउने गरेको उनको भनाइ छ  । यो गाउँको जनसंख्या ५ सयको हाराहारीमा छ । दुर्गममा भएको कारण यस गाउँमा जनप्रतिनिधिहरू पनि नआउने गरेको यहाँका स्थानीयको भनाइ छ  । ‘भोट माग्दाखेरी सबै समस्या समाधान गर्छौं भनेर गफ लगाउने गरेको भएपनि त्यसपछि फर्केर पनि नहेर्ने गरेको महरा बताउँछन् ।

प्रतिक्रिया